जापानमा हृदयघातबाट नेपाली विद्यार्थीको निधन


 


टोकियो, असार १० । जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।

ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको हो ।

लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।

४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल) बाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए ।

मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरि नेपाल पठाउन पहल भइरहेको छ ।

प्रकाशित मिति: १० असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्