र्‍यापर गिरिश खतिवडामाथि हत्या आरोप


 


काठमाडौं, असार ८ । र्‍यापर गिरिश खतिवडामाथि हत्या आरोप लागेको छ । उनीविरुद्ध मोरङ प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ।

मोरङको धनपालधान गाउँपालिका–४ का एक युवाको हत्या आरोपमा उनीविरुद्ध जाहेरी परेको हो। खतिवडासँगै करण राजवंशी र अनुराग राउतविरुद्ध पनि जाहेरी परेको छ।

गिरिशले विराटनगरमा सञ्चालन गरिरहेको रेष्टुरेन्टमा गत जेठ ३ गते मासु आपूर्ति गर्ने धनपालथान–४ कसिद अन्सारीको मृत्यु भएको थियो ।

क्याफे सञ्चालक खतिवडाका अनुसार कसिद क्याफेमै लडेर गम्भीर घाइते भए। तत्कालै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पताल लगे। उपचारका क्रममा उनको मृत्यु भयो।

कसिदको परिवार भने यो कुरा मान्न तयार छैन। कसिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक खतिवडासहित क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर–१६ का अनुराग राउतविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको हो।

मृतकको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताएका छन्।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्