भारतीय चलचित्र ‘आदिपुरुष’ देशभर बन्द
काठमाडौं, असार ४ । विवादित भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै सुरक्षाको कारण देखाउँदै देशभर फिल्मको प्रदर्शन स्थगन भएको हो ।
फिल्मका वितरक मनोज राठीले काठमाडौं र पोखरा हुँदै धरान, इटहरी, जनकपुर, धनगढी, चितवनमा फिल्च बन्द गरिएको र यो क्रम अझै जारी रहेको बताए ।
प्रकाशित मिति: ४ असार २०८०, सोमबार