प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने


 


काठमाडौं, असार ४
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वर बस्न लागेको हो ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्