नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं, असार २ । महिला इमर्जिङ टिम्स एसिया कपको हङकङ र नेपालबीचको खेल वर्षाको कारण रद्द भएको छ।
खेल नभएपछि हङकङसँग १(१ अंक बाँडेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त भएको छ।
नेपालको सम्भावना समाप्त भएपछि नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तानले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
भारत र पाकिस्तान समान दुई खेलमा ३–३ अंकसँगै सेमिफाइनलमा पुगे। ३ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा रहेको नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँगको खेल पनि वर्षाकै कारण रद्द भएको थियो।
प्रकाशित मिति: २ असार २०८०, शनिबार