चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा


 


बेइजिङ, जेठ ३२
वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्‍याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

२०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी) ले मंगलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणका लागि अभियोजन तीव्र बनाएको हो । प्रायः यस किसिमका मुद्दामा अवैध कोष संकलन, जाली मुद्रा र गैरकानुनी व्यापार सञ्चालन गर्ने व्यक्ति छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्