चिनियाँ सैन्य विमानमाथि ताइवानले बढायाे निगरानी


 


काठमाडाैं, जेठ ३२
ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको छ ।

आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानी थालेको हो । ४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा क्षेत्रमा गस्ती गरिरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

एक सातायता दोस्रो पटक ताइवानले चिनियाँ सैन्य गतिविधिका बारेमा जानकारी दिएको हो । गत बिहीबार पनि ३७ वटा चिनियाँ सैन्य विमान सीमा क्षेत्रमा उडेको र तीमध्ये केही आफ्नो सीमाभित्र प्रवेश गरेको ताइवानले बताएको थियो ।

चीनले आफ्नो स्वशासित क्षेत्र मान्ने ताइवानको सीमा क्षेत्रमा तीन वर्षयता सैन्य विमानहरू उडाउँदै आएको छ । यद्यपि, ताइवानको सीमामा प्रवेश गरिनसकेको उसको दाबी छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्