ग्रीसमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु


 


एजेन्सी, जेठ ३२
ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ ।

ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् ।

दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब एक सय जनालाई उद्धार गरेका छन् । तीब्र हावाका कारण उद्धारमा कठिनाई भएको भन्दै उद्धारककर्ताहरुले डुंगामा कुन कुन देशका कति थिए भन्ने पत्ता नलागेको बताएका छन् ।

दुर्घटना परेको डुंगा करीब सय फिट लामो रहेको र त्यसमा सात सय ५० जना जति शरणार्थीहरु रहेको अपुष्ट खबर पाएको पनि ग्रीसका अधिकारीहरुले बताएका छन् । उक्त डुंगा लिवियाबाट हिंडेको र इटालीतर्फ गईरहेको पनि अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्