हरिकृष्ण कार्कीको दाबी – ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भए


 


काठमाडौं, जेठ ३२
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोकेको बताएका छन् ।

संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको बताए ।

गोलाप्रथा लागु भएपछि न्यायिक विचलन दुर हुँदै गएको उनको भनाई छ । यस्तै उनले अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न लागिपरेको बताए ।

लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्