बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी


 


काठमाडौं, जेठ ३२
सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।

सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेको हो ।

सञ्चार मन्त्रालयबाट उनलाई तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा राखिएको थियो । स्रोतका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई भने आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ ।

असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जानेछन् । मुख्यसचिव बैरागीको अब बाँकी पदावधि तीन महिना मात्रै रहेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्