सर्वोच्चको न्यायाधीशमा जान मन थिएनँ, तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा गएको हुँ : कार्की


 


काठमाडौं, जेठ ३२
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताएका छन् ।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताए ।

‘इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ,’ कार्कीले भने ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियो ।

लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । उनीविरुद्ध २९ वटा उजुरी परेका थिए ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्