आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, जेठ ३२
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्ने भएको हो ।
प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
तर स्रोतका अनुसार बैठकको मुख्य अजेण्डा मुख्यसचिव बनाइएको छ ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार