जापानमा सेनाको तालिम शिविरमा गोली चल्यो, दुई सैनिकको मृत्यु


 


एजेन्सी । जापानको सेनाको तालिम शिविरमा गोली चलेको घटना सार्वजनिक भएको छ ।

शिविरमा एक १८ वर्षीय प्रशिक्षार्थी सिपाहीले जापानी सेनाको फायरिङ रेन्जमा तीन जना साथी सैनिकलाई गोली हानेका छन् ।

गोली हानाहानको यस घटनामा दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएको बताइएको छ । घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

गोली चलाउने आरोपित प्रशिक्षार्थी सिपाहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्