कपिल शर्मा शोका कलाकारले फेसबुक लाइभमै पिए विष, तुरुन्तै पुग्यो प्रहरी
एजेन्सी । द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गरिसकेका तीर्थानन्दले फेसबुक लाइभमा विष पिएर आत्महत्याको कोसिस गरिरहेका छ । सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिएपछि उनलाई बचाईको छ ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन आएपछि प्रहरी सिधै उनको घर पुगे र तीर्थानन्द नजिकैको एक अस्पतालमा लिएर गए । घटनास्थल पुगेका हवलदार मोरेले कोठामा तीर्थानन्द आधा बेहोस अवस्थामा भेटिएका थिए ।
तीर्थानन्दले आफ्नो यो अवस्थाका लागि एक महिलालाई जिम्मेवार बताइरहेका छन् । तीर्थानन्दले फेसबुक लाइभमा भनेका छन्, ‘केही महिना अघि मेरो भेट एक महिलासँग भएको थियो । उनका दुई छोरी छन् । हामी लिभ इनमा बसिरहेका थियौँ । त्यति नै बेला मलाई थाहा भयो कि उनी यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् । म उनीबाट टाढिन चाहन्थेँ । यसैबीच ती महिलाले मलाई धम्की दिन थालिन् । उल्टै उनले ममाथि मुद्दा दर्ता गरिन् । मुद्दाको डरले म लामो समयदेखि सबैबाट भाग्दै हिँडिरहेको छु । धेरै दिन भयो, आफ्नै घर जान पनि सकिरहेको छैन र फुटपाथमा सुत्न बाध्य थिएँ । यस्ता कुराबाट म आजित भइसकेको छु, त्यसैले म आत्महत्या गर्न चाहन्छु ।’
करिब दुई वर्ष अघि पनि तीर्थानन्दले २७ डिसेम्बर २०२१ बेलुका विष खाएर आत्महत्याको कोसिस गरेका थिए । छिमेकीलाई शङ्का लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । त्यति बेला उनले कोरोनाका कारण काम नपाएपछि यस्तो कदम उठाएको बताएका थिए ।
हिन्दी फिल्म उद्योगमा उनलाई नाना पाटेकर जस्तै देखिन्छ भन्ने गरिन्छ । सोसल मिडियामा पनि उनको आधिकारिक नाम जुनियर नाना पाटेकर नै छ । उनले थुप्रै पटक नाना पाटेकरको बडी डबलको रूपमा पनि काम गरेका छन् ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार