प्रधानमन्त्री प्रचण्डको निर्देशन – राम्रा कामको प्रचार र नराम्रो भन्नेहरुको प्रतिवाद गर्नुस्


 


काठमाडौं, जेठ ३१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन दिएका छन् ।

पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र राम्रा कामलाई पनि नराम्रो भन्नेहरुको प्रतिवाद गर्न निर्देशन दिए । यस्तै उनले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गरे ।

जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने र देशभित्रका बेथितीलाई रोक्ने प्रयासदेखि पछिल्लो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौतालाई सरकारले गरेका राम्रा काम भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्