प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल गरिँदै


 


काठमाडौं, जेठ ३१
संसदीय सुनुवाई समितिको बैठक आज पनि बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्न बिहान ११ बजे बैठक बस्न लागेको हो ।

समितिको छलफलमा २९ जनाले उजुरी दिएको भएपनि २१ जना छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ भोलि नै सकेर नाम अनुमोदन गर्ने कार्यतालिका छ।

गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्