डेङ्गुबाट भारतीय मजदुरको मृत्यु


 


दमक (झापा), मंसिर ५

डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित भारतीय मजदुरहरु श्रेष्ठको निर्माणाधीन घरमा अन्य चारजना ज्यालादारी काम गर्दै आएका थिए ।

रायको तीन दिन अघि डेङ्गु सङ्क्रमण जचाउन जाँदा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार गराउँदा भारतको नर्थवेङ्गाल मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

दमकमा महिना दिनअघिदेखि डेङ्गुको सङ्क्रमण एक्कासि बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दमक क्षेत्रमा हालसम्म ३०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तर डेङ्गुबाट मर्ने राय पहिलो व्यक्ति भएको बताइएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्