काठमाडौं महानगरले गर्यो दुईवटा अस्पताल सिल
काठमाडौं, जेठ २९ । काठमाडौंको बौद्धस्थित दुईवटा अस्पताल सिल गरिएको छ।
काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एवं बर्थिङ सेन्टरलाई सिल गरेको हो।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले अनुगमनका क्रममा दुबै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएपछि सिल गरिएको जनाएको छ।
अस्पतालले अपनाउनुपर्ने मापदण्डसमेत पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार