अष्ट्रेलियामा बस दुर्घटना : १० जनाको मृत्यु, २५ घाइते


 


एजेन्सी, जेठ २९
अष्ट्रेलियाको न्यु साउथ वेल्समा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स राज्यको हन्टर भ्यालीको वाइनकाउन्टीको विवाह समारोहमा गएर फर्किरहेको बस सडकमा पल्टेर दुर्घटना भएको हो ।

बसमा सवार केही भने सकुशल रहेका छन् भने दूर्घटनामा २५ जना घाइते भएका छन् ।

बस दुर्घटना हुने बित्तिकै हेलिकप्टर मार्फत उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्