भारतमा एक नेपालीको हत्या, गाउँकै व्यक्ति पक्राउ


 


अछाम, जेठ २८ । भारतमा मजदुरी गर्दै आएका एक नेपालीको हत्या गरिएको छ । अछामको चौरपाटी गाउँपालिका–१ का झुसे साउँदको भारतमा हत्या भएको हो।

भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो। केही दिनदेखि वेपत्ता भएका साउँदको ५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार पञ्जाव प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर–३ का एक जनालाई नियन्त्रणमा लिएको छ।

आफ्न्तले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। उनको के कारणले हत्या गरिएको हो भन्ने खुलेको छैन्। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्