कुर्दिस्थानमा नदीमा माछा मार्नेक्रममा डुबेर एक नेपालीको मृत्यु


 


काठमाडौं, जेठ २८ । इराकको स्वशासित राज्य कुर्दिस्थानमा नदीमा माछा मार्नेक्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ ।

कुर्दिस्थान टिभीका अनुसार माछा मार्ने क्रममा कवात जिल्लाको ग्रेट रिभरमा खस्दा ३३ वर्षीय निश्चल नेत्रबहादुर राईको शनिबार डुबेर मृत्यु भएको हो ।

कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेको कुर्दिस्थान टिभीले जनाएको छ । सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको बताइएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्