भारतको इन्टरनेट अर्थतन्त्र छ गुणाले वृद्धि हुने अनुमान


 


एजेन्सी, जेठ २६
भारतको इन्टरनेट अर्थतन्त्र छ गुणाको वृद्धिसँगै सन् २०३० सम्ममा ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ।

गुगल, टेमासेक र बेन एण्ड कम्पनीले मंगलबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनमा यसमा सबैभन्दा बढी योगदान इ–कमर्स क्षेत्रको हुने पनि उल्लेख गरिएको छ । सन् २०२२ मा भारतको इन्टरनेट अर्थतन्त्र १५५–१७५ बिलियन डलरको बीचमा रहेको प्रतिवेदनले अनुमान गरेको छ।

प्रतिवेदनका अनुसार सबैभन्दा बढी वृद्धि मर्चेन्ट–टू–कन्ज्युमर ई–कमर्स खण्डले योगदान गर्नेछ, त्यसपछि मर्चेन्ट–टू–बिजनेस ई–कमर्स खण्ड, सेवा प्रदायकको रूपमा सफ्टवेयरको नेतृत्वमा र ओभर–द–टप अनलाइन मिडियाले योगदान गर्नेछन।

प्रतिवेदनका अनुसार, द्यद्दऋ ई–कमर्श २०२२ मा ६०–६५ बिलियन बाट २०३० सम्म ३६०–३८० बिलियनमा ५–७ गुणा बढ्ने अपेक्षा गरिएको छ। प्रतिवेदनले अनुमान ई–कमर्श २०२२ मा ८.९बिलियन बाट २३–१४गुणा बढेर २०३० मा १०५–१२० बिलियन पुग्नेछ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्