१३ वर्षकाे उमेरमै यौन दुर्व्यवहारमा परेकी थिइन् सोनम कपुर
मुम्बई, जेठ २६
अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् । अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।
कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महसुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।
‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुर्व्यवहारकाे सिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिएँ । त्यो मेरा लागि ठुलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसार यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरूका साथ फिल्म हेर्न गएकी थिइन् ।
‘सबै मानिसहरू केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछाडिबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामेँ । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरेँ । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् ।
प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार