प्रतिनिधिसभा बैठक आज पनि बस्ने


 


काठमाडौं, जेठ २५
प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दै छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

सोमबारबाट सुरु बजेटमाथिको छलफलले बिहीबार पनि निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् ।

विपक्षी सांसदहरूले बजेटको आलोचना गर्दै आएका छन् भने सत्तापक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्