बीबीसीद्धारा कर छलेको स्वीकार, भारतलाई ६४ करोड आयकर बुझायो


 


एजेन्सी, जेठ २४
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ ।

मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो ।

आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ । स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् ।

उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए ।

प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्