राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, जेठ २४
राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनसार बैठक बिहान ११ बजेर ११ मिनेटमा बस्न लागेको हो ।
यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने बताइएको छ ।
साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार