चिनियाँ सैन्य जहाजले अमेरिकी युद्धपोतलाई पछ्याे


 


एजेन्सी । दक्षिण चीन सागरको हवाई क्षेत्रमा गतहप्ता मात्र चीनको एक लडाकु विमानले अमेरिकी सैन्य विमानलाई पछ्याएको थियो ।

अमेरिका र चीनबीच धेरै विषयमा विवाद जारी रहेकै समयमा उनीहरूका लडाकु विमानहरू आमनेसामने भएका थिए ।

त्यसबेला अमेरिकाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले आफ्नो एक विमानलाई बाधा पुर्‍याएको र अनावश्यक रुपमा आक्रामक गतिविधि देखाएको बताएको थियो ।

यतिबेला फेरि चिनियाँ सैन्य पानी जहाजले अमेरिकी सैन्य जहाजलाई समुद्रमा पछ्याएको छ । दक्षिण चीन सागर र पूर्वी चीन सागरको बीच क्षेत्रको समुद्री क्षेत्रमा चीनको मिसाइल डिस्ट्रोयर जहाजले शनिबार मात्र अमेरिकी युद्धपोतलाई पछ्याएको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्