१६ वर्षअघि भएको गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने


 


काठमाडौं, जेठ २२
रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

यसका साथै रौतहट प्रहरी, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलगायतलाई पनि विपक्षी बनाइएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको बताइएको छ । २०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्