तीनकुनेमा बसको ठक्कर बाट एक को मृत्यु


 


accidentकाठमाडौं, मंसिर ३

बानेश्वर, तीनकुनेमा आज दुर्घटना हुँदा एक जनाकमे मृत्यु भएको छ । बा३ख २०५६ नम्बरको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि निजामती अस्पताल मीनभवन लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस नियन्त्रणमा लिएको र प्रहरीले फरार चालकको खोजतलास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्