प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, जेठ २२
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्