ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, ८०३ जना घाइते
काठमाडौं, जेठ २१
भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।
बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने ८०३ जना घाइते छन् ।
पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । तर, दुर्घटना कसरी भयो भन्ने अझै खुलिसकेको छैन ।
प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार