कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन् !


 


काठमाडौं, जेठ २०
बुधबारदेखि चार दिने भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतमा छन् । प्रचण्डको भारत भ्रमण सफल, असफल वा बदनामको बारेमा आ-आफ्नै विश्लेषण भइरहँदा शुक्रबारको पूजापाठ भने चर्चाको शिखरमा छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका थिए । उनले महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेको बाहिर आएको छ ।

प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमामा यतिबेला चर्चा र आलोचना भइरहेको छ । अधिकांश मानिसहरुले प्रचण्डलाई किन मन्दिर भत्काएको, संस्कृत शिक्षा बन्द गराएको, मुर्ति फुटाएको, पुजारीलाई गोलि किन हानेको जस्ता विषय उठाएका छन् ।

माओवादीभित्रै पनि प्रचण्डको उक्त पूजापाठको विरोध भएको छ । उनिहरुले यति गर्नुथियो भने किन हिजो विरोध गरेको, विरोध गर्न लगाएको जस्ता आरोपहरु लगाएका छन् ।

र, धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले भने माओवादीको सशस्त्र द्धन्द्धका बेला माओवादीहरुले बजाउने गीतको अंश नै राखेर सोधेका छन्- कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन् !

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्