सार्वजनिक हुँदै ‘साओमी १३ अल्ट्रा’ मोबाइल, यस्ता छन् फिचर
काठमाडौं, जेठ १९ । चिनियाँ बजारमा सार्वजनिक भएको साओमीको नयाँ स्मार्टफोन ‘साओमी १३ अल्ट्रा’ विश्वबजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो साइटमा एक पोस्ट गर्दै मोबाइल आगामी साता सार्वजनिक हुने घोषणा गरेको हो ।
यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७२ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले उपलब्ध छ । एन्ड्रोइड १३ र मियूआई १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ ।
फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ जसले ९० वाटको वायर चार्जर र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।
यसका साथै फोनमा ५० मेगापिक्सेलको अल्ट्रा–वाइड, ५ मेगापिक्सेलको टेलिफोटो क्यामेर र ५० मेगापिक्सेलको पेरिस्कोप लेन्स उपलब्ध छ ।
यो फोन १२ जीबी र्याम सहित २५६ जीबी स्टोरेज र १६ जीबी र्याममा ५१२ जीबी अथवा १ टीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार