आलिया भट्टका हजुरबुबाको निधन


 


एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुवा राजदानको बिहीबार निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत ९५ वर्षिय राजदान लामो समयदेखि बिरामी थिए ।

उनको फोक्सोमा इन्फेक्सन भएको थियो । उनको मृत्युपछि नरेन्द्र राजदानकी छोरी सोनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै बुवालाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

आलिया आइफा अवार्ड २०२३ मा अवार्ड लिन दुबई जाने कार्यक्रम थियो । तर हजुरबुबालाई अस्पतालमा भर्ना गरिएका कारण उनले आफ्नो कार्यक्रम रद्द गरेकी थिइन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्