यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)


 


काठमाडौं, जेठ १८
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

यस्ता छन् संयुक्त पत्रकार सम्मेलनमा शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची

–बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
–नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
–अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
–सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
–क्रस बोर्डर पेमेन्टबारे समझदारी

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्