चिनियाँ राष्ट्रपति सीद्वारा उच्च सुरक्षा अधिकारीलाई खराब समयमा तयार रहन निर्देशन


 


एजेन्सी, जेठ १८
चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन्।

सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका हुन् ।

कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उनले आन्तरिक र बाह्य दुवैखाले चुनौतीका लागि तयार रहन निर्देशन दिएकाे सिन्ह्वा समाचार समितिले जनाएको छ ।

राष्ट्रिय सुरक्षा आयोगलाई सम्बोधन गर्ने क्रममा सी ले “देशले राष्ट्रिय सुरक्षामा सामना गरिरहेको चुनौतीहरू जटिल बनेको बताए।

खराब भन्दा खराब अवस्थाका लागि तयार बनेर सुरक्षा चुनौतीको आँधीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले संकेत गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्