वरिष्ठ उपाध्यक्ष पोखरेल – प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन्


 


सिराहा, जेठ १८
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सिराहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत चेतावनी समेत दिए ।

एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरीत कुनै पनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरूलाई आव्हानसमेत गरेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्