अमेरिकी अभिनेता डयानीमाथि बलात्कारको आरोपमा ३० वर्षको जेल सजाय


 


एजेनसी, जेठ १८
अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिलामाथि बलात्कार गरेको पुष्टि भएको छ ।

लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनीमाथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि उनलाई जेल सजाय तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दा मध्ये दुईमा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिइएको छ ।

‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्विकार गरेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्