पेट्रोल बोकेको ट्रक विस्फोट
काठमाडौं, मंसिर ३
मोजाम्बिकमा पेट्रोल बोकेको ट्रक विस्फोट हुँदा ७० भन्दा धेरैको मृत्यु भएको छ । घटनामा दर्जनौ मानिस घाइते भएका छन् ।
मोजाम्बिक सरकारका अनुसार तेल बोकेको ट्रकबाट तेल चुहिरेहको थियो, जब विस्फोट भयो ।
एक रिपोर्टका अनुसार ट्रक पल्टिएपछि विस्फोट भएको थियो । उक्त ट्रक बाएरा बन्दरगाह शहरबाट पेट्रोल लिएर फर्कदै गरेको थियो ।
दुर्घटना हादसा टेट प्रान्तमा भएको थियो जुन मालावीसँग जोडिएको देशको सीमा नजिक रहेको क्षेत्र हो ।
प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार