अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या


 


एजेन्सी, जेठ १७
फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या गरिएको छ ।

भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको हो ।

खलीज टाइम्सका अनुसार कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।

मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका गएका थिए । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेको बताइएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्