रवि लामिछानेविरुद्ध परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ


 


काठमाडौं, जेठ १७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट सफलले यही जेठ २ मा पुनः दर्ता गराएका थिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्