डोनाल्ड ट्रम्पलाई ओबामाको सुझाव


 


owama-and-trumpकाठमाडौं, मंसिर ३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् ।

बर्लिनमा जर्मन चान्सलर एंगेला मर्केलसँगको छलफलपछि अमेरिकी राष्ट्रपति ओबामाले रुसका विषयमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको व्यवहारिक राजनीति काम नलाग्ने बताए ।

ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले रुससँग सकारात्मक सम्बन्ध बनाउन प्रयास गरिरहेको भए पनि त्यो अमेरिकी मूल्य–मान्यता अनुरुप हुनुपर्नेमा जोड दिए । रुसले अमेरिकी मूल्य–मान्यता र अन्तर्राष्ट्रिय मापदण्डलाई भड्काउने प्रयास गरेमा अमेरिकाले उसको सामना गर्नुपर्ने ओबामाको भनाइ थियो ।

राष्ट्रपति ओबामा र चान्सलर मर्केलबीच अमेरिका र युरोपियन युनियन निकट सहयोगीका रुपमा काम गर्ने सहमति भएको छ ।

भेटवार्तामा दुई नेताबीच एक–अर्काको नेतृत्वको प्रशंसा गरेका थिए ।

ओबामाले मर्केलको मूलभूत सिद्धान्त, मान्यता र संवेदनशीलताको प्रशंसा गरे ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्