रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनवाइ
काठमाडौं, जेठ १७
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आजका लागि तोकिएको छ ।
घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।
आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए । गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।
२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।
प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार