सन्दीप लामिछानेविरूद्वको मुद्दाको पेसी आज पनि स्थगित
काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।
उनको मुद्दाको फैसलाका लागि आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।
किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् ।
प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार