नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि प्रतिवादीहरूको बयान लिइने


 


काठमाडौं, जेठ १६
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान हुन लागेको हो ।

ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ ।

पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १७ जनालाई पक्राउ गरेको छ । १३ जना भने फरार छन् ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्