टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै
काठमाडौं, जेठ १५
सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् ।
टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरी आज रिहा हुन लागेका हुन् ।
काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका हुन् ।
उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार