विराटनगरमा तनाव, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोर प्रहार


 


विराटनगर, जेठ १४ । विराटनगरस्थित कोशी प्रदेशसभा भवन नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदेशको नाम कोशी नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालयनजिकै प्रदर्शन सुरु गरेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

देवकोटा चोकमा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्