रेशमलाई छोड्ने निर्णय कानूनविपरित नभएको दाबी
काठमाडौं, जेठ १४ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिने निर्णपछि गरेपछि आएको प्रतिक्रियालाई सरकारका प्रवक्ता रेखा शर्माले खण्डन गरेकी छन् ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शर्माले रेशमलाई छोड्ने निर्णय कानून बाहिर नभएको दाबी गरेकी छन् । ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो,’ उनले भनिन्, ‘कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ ।’
सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । कैलालीको टीकापुर घटनामा चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक बालकसहित ८ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार