मन्त्री किराती भन्छन् – मैले घुस नखाँदा पापीहरु बौलाउन थाले, प्रमाणित गर म एक मिनेट बस्दिनँ


 


काठमाडौं, जेठ १४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन् ।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला१ प्रमाणित गर म एक मिनेट बस्दिनँ ।’

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्