आज जेठ ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल जेठ ११ गते बिहिबारको राशिफल ।

मेष

आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

बृष

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।

मिथुन

आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ ।

सिंह

आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।

कन्या

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

बृश्चिक

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । आफन्तसँग भेटघाट पनि रहनेछ ।

धनु

पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । वैदेशिक काम भने राम्रै होला ।

मकर

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मीन

शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्